कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी: नेता घिमिरे
१८ मार्ग, २०८२, बिहिवार
- उनले भने,‘अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने छौं । हरेकलाई कामको आधारमा अवसर प्रदान गर्ने छौं । साथै यहाँ मेरो र तेरो भन्ने र काखा र पाखा हुँदैन् । त्यसैले यसको लागि विधिपूर्वक पार्टी चल्नेछ । र पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा हामी प्रवेश गर्दैछौं ।’
काठमाडौं: नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् ।
बिहीबार अभियानका तर्फबाट आयोजित १५ औं महाधिवेशनको तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हरेक व्यक्तिलाई कामको आधारमा अवसर प्रदान गर्ने बताउँदै पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा आफूहरु प्रवेश गरेको धारणा राखे ।
उनले भने,‘अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने छौं । हरेकलाई कामको आधारमा अवसर प्रदान गर्ने छौं ।
साथै यहाँ मेरो र तेरो भन्ने र काखा र पाखा हुँदैन् । त्यसैले यसको लागि विधिपूर्वक पार्टी चल्नेछ । र पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा हामी प्रवेश गर्दैछौं ।’
त्यस्तै उनले विशेष महाधिवेशन जसरीपनि गराएर छाड्ने दावी समेत गरे । त्यस्तै अर्का नेता जगदीश नरसिंह केसीले तोकिएकै समयमा अधिवेशन गर्दा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरुको सम्मान हुने बताए ।
उनले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नेताहरुले वागमतीलाई नभइ कर्णालीलाई आधार बनाएर गरेको भए राम्रो हुने बताए ।
कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठले महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको औंल्याए ।
नेता युवराज पाण्डेले क्रियाशील सदस्यता अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै तोकिएको कार्यतालिकभित्रै अधिवेशन सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’